सेयर बजारमा नयाँ रेकर्ड कायम, सोमबार नेप्से परिसूचक ७०.८१ अंकले बढ्यो

सेयर बजारमा नयाँ रेकर्ड कायम, सोमबार नेप्से परिसूचक ७०.८१ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, साउन २८ । सेयर कारोबार रकमले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

अघिल्लो दिन २५ अर्ब ७७ करोडभन्दा बढीको कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । तर उक्त रेकर्ड सोमबार पुनः तोडिएको हो । सोमबार अहिलेसम्मकै उच्च २७ अर्ब २४ करोडभन्दा बढीको कारोबार भएको हो । नेप्से परिसूचक पनि ७०.८१ विन्दुले बढेर २९३१.६५ अंकमा आएको छ ।

आज ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब २२ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल फाइनान्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 August 2024
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)