रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि

रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि : Icon Khabar

काठमाडौँ, साउन २८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स क्यानडामा ग्लोबल टि ट्वान्टी लिगको चौथो संस्करणको च्याम्पियन भएको छ ।

डिफेन्डिङ च्याम्पियन मोन्ट्रियल टाइगर्समाथि सोमबार ८ विकेटको जितका साथ टोरोन्टोले उपाधि जितेको हो । फाइनल खेलमा रोहित भने बेन्चमा रहेका थिए ।

टाइगर्सले दिएको ९७ रनको लक्ष्य टोरोन्टोले १५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । टोरोन्टोको जितमा आन्द्रेस गौसले अविजित रहँदै सर्वाधिक ५८ रन बनाए । उनले ४९ बलमा ८ चौका प्रहार गरेका थिए ।
रासी भान डर डुसेनले ३४ बलमा अविजित ३० रन बनाए । टाइगर्सका लागि क्रेरबिन बोस र अजमतुल्लाह उमरजाईले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । टाइगर्सका लागि कोरबिन बोसले सर्वाधिक ३५, जसकरण सिंहले १६ तथा अनुप रविले १० रन जोडे । टोरोन्टोका लागि जेसन बेहरेनड्राफ्टले ३, रोमारियो शेफर्डले २ तथा जुनैद सिद्धिकी, मोहम्मद नवाज, निखिल दत्त र जितेन्द्रपाल माथरुले समान १ विकेट लिए ।

ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेटर आबद्ध भएको टिम च्याम्पियन भएको यो तेस्रो पटक हो । यसअघि सन् २०१९ को दोस्रो संस्करणमा नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध विनिपेक्स हव्स च्याम्पियन भएको थियो । २०२३ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाइगर्स च्याम्पियन भएको थियो ।

Published Date: 12 August 2024








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख १५ गते मंगलबार
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घट्यो
स्वस्तिमा खड्काको चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा