काठमाडौं, साउन २७ । आइतबार नेप्से परिसूचक ९४.५३ विन्दुले बढेर २८६०.९१ अंकमा आइपुगेको छ ।
आज २५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै धेरै कारोबार रकम हो । यस्तै, नेप्से सूचक पनि ३० महिना यताकै उच्च विन्दुमा बन्द भएको छ ।
आज ३३० कम्पनीको ६ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब ५२ करोडसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र निफ्रा परेका छन् । शिवमको पनि १ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
Published Date: 11 August 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1