मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन २२ । सुनको मूल्यमा उतारचढाब आएको छ । सोमबार मात्रै नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज भने तोलामा २३ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २४ क्यारेट (छापावाल) सुन प्रतितोला २३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार २४ क्यारेट (छापावाल) सुन अहिलेसम्मकै उच्च १ लाख ५० हजार रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँले घटेर १७ सय २५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १७ सय ८५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४०९ डलर र चाँदी प्रतिऔंस २७.२२ डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 August 2024
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने