मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन २२ । सुनको मूल्यमा उतारचढाब आएको छ । सोमबार मात्रै नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज भने तोलामा २३ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २४ क्यारेट (छापावाल) सुन प्रतितोला २३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार २४ क्यारेट (छापावाल) सुन अहिलेसम्मकै उच्च १ लाख ५० हजार रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँले घटेर १७ सय २५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १७ सय ८५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४०९ डलर र चाँदी प्रतिऔंस २७.२२ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 06 August 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग