कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत : Icon Khabar

काठमाडौँ, साउन १४ । निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले पनि अस्वीकृत गरेको छ । सुनुवाइ समितिको आज (सोमबार) साँझ बसेको बैठकले सर्वसम्मतिबाट आयुक्तमा सिफारिस भएका प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि उनले निर्वाचन आयुक्तबाट आफ्नो नाम फिर्ता लिन निवेदन दिएका थिए ।

सुनुवाइ समितिले त्यसैमा टेकेर अस्वीकृत गर्ने निर्णय गरेको हो । समितिको निर्णयमा भनिएको छ, ‘प्रस्तावित व्यक्ति स्वयमबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय गरियो ।’

संवैधानिक परिषद्ले असार २ गते प्रधानलाई आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि उनकी पूर्व सहकर्मीले यौनशोषण र दुर्व्यहार गरेको उजुरी दिएकी थिइन् । उजुरीमा तीन वर्षसम्म यौन शोषणमा परेको तर पछि मिलापत्र भएको उल्लेख गरेकी थिइन् । सुनुवाइ समितिका छलफलका क्रममा प्रधानले पनि उजुरीकर्तासँग मिलापत्र भएको स्वीकारेका थिए ।

संविधानमा आयुक्त बन्न ‘उच्च नैतिक चरित्र’ हुनै पर्ने प्रावधान छ । यौन शोषण प्रकरणमा ‘मिलापत्र’ गरेका व्यक्ति उच्च नैतिक चरित्रको नहुने भनेर सबैतिबाट विरोध भएपछि सुनुवाइ समिति प्रधानको नाम अनुमोदन गर्न हच्किइरहेको थियो । यसअघिको बैठकमा सुनुवाइ समितिले निर्णय गर्न सकेको थिएन । आज प्रधानले नै नाम फिर्ता लिन निवेदन दिएपछि समितिले त्यसैमा टेकेर अस्वीकृत गर्ने निर्णय गरेको हो ।

Published Date: 29 July 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न