कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत : Icon Khabar

काठमाडौँ, साउन १४ । निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले पनि अस्वीकृत गरेको छ । सुनुवाइ समितिको आज (सोमबार) साँझ बसेको बैठकले सर्वसम्मतिबाट आयुक्तमा सिफारिस भएका प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि उनले निर्वाचन आयुक्तबाट आफ्नो नाम फिर्ता लिन निवेदन दिएका थिए ।

सुनुवाइ समितिले त्यसैमा टेकेर अस्वीकृत गर्ने निर्णय गरेको हो । समितिको निर्णयमा भनिएको छ, ‘प्रस्तावित व्यक्ति स्वयमबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय गरियो ।’

संवैधानिक परिषद्ले असार २ गते प्रधानलाई आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि उनकी पूर्व सहकर्मीले यौनशोषण र दुर्व्यहार गरेको उजुरी दिएकी थिइन् । उजुरीमा तीन वर्षसम्म यौन शोषणमा परेको तर पछि मिलापत्र भएको उल्लेख गरेकी थिइन् । सुनुवाइ समितिका छलफलका क्रममा प्रधानले पनि उजुरीकर्तासँग मिलापत्र भएको स्वीकारेका थिए ।

संविधानमा आयुक्त बन्न ‘उच्च नैतिक चरित्र’ हुनै पर्ने प्रावधान छ । यौन शोषण प्रकरणमा ‘मिलापत्र’ गरेका व्यक्ति उच्च नैतिक चरित्रको नहुने भनेर सबैतिबाट विरोध भएपछि सुनुवाइ समिति प्रधानको नाम अनुमोदन गर्न हच्किइरहेको थियो । यसअघिको बैठकमा सुनुवाइ समितिले निर्णय गर्न सकेको थिएन । आज प्रधानले नै नाम फिर्ता लिन निवेदन दिएपछि समितिले त्यसैमा टेकेर अस्वीकृत गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 July 2024
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध