जहाज खरिदको किस्ता बापत ४३ करोड रुपैयाँ नेपाल वायुसेवा निगमद्वारा भुक्तानी

जहाज खरिदको किस्ता बापत ४३ करोड रुपैयाँ नेपाल वायुसेवा निगमद्वारा भुक्तानी : Icon Khabar

काठमाडौं, साउन २ । नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ता बापत असारमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो ।

निगमका अनुसार ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ता बापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ३१ असारमा उक्त रकम भुक्तानी गरिएको छ ।

पछिल्लो व्यवस्थापन आएसँगै निगमले २०८१ असारसम्म ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको समेत जनाएको छ ।

Published Date: 17 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड