कच्चा तेलको मूल्य निरन्तर ओरालोमा

कच्चा तेलको मूल्य निरन्तर ओरालोमा : Icon Khabar

काठमाडौँ, साउन २ । अन्तराष्ट्रि बजारमा कच्चा तेलको मूल्य घटेको छ ।

विगत ३ दिनदेखि निरन्तर घटिरहेको कच्चा तेलको मूल्य आज पनि घटेको हो । चिनियाँ अर्थतन्त्रमा देखिएको सुस्तताले मागमा कमी आउने भयका कारण कच्चा तेलको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।

आज ब्रेन्ट क्रुडको मूल्य ०.०४ प्रतिशतले घट्दै प्रतिब्यारेल मूल्य ८३.७० डलरमा झरेको छ । त्यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ०.०१ प्रतिशतले घट्दै ८०.७५ डलर कायम भएको छ ।

सरकारी सहायतका बाबजुत चीनको आर्थिक तथ्यांक निरन्तर रुपमा कमजोर आईरहेको छ । जसका कारण लगानीकर्ता निराश बनेका छन् । चीनका अधिकांश तेल प्रशोधन कम्पनीहरुले कमजोर मागका कारण तेलको मागमा कटौती गरिरहेका छन् ।

विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्र अप्रिल–जुनमा ४.७ प्रतिशतले वृद्धि भएको थियो । जुन सन् २०२३ को पहिलो त्रैमासपछिकै सुस्त वृद्धि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 July 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न