कच्चा तेलको मूल्य निरन्तर ओरालोमा

कच्चा तेलको मूल्य निरन्तर ओरालोमा : Icon Khabar

काठमाडौँ, साउन २ । अन्तराष्ट्रि बजारमा कच्चा तेलको मूल्य घटेको छ ।

विगत ३ दिनदेखि निरन्तर घटिरहेको कच्चा तेलको मूल्य आज पनि घटेको हो । चिनियाँ अर्थतन्त्रमा देखिएको सुस्तताले मागमा कमी आउने भयका कारण कच्चा तेलको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।

आज ब्रेन्ट क्रुडको मूल्य ०.०४ प्रतिशतले घट्दै प्रतिब्यारेल मूल्य ८३.७० डलरमा झरेको छ । त्यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ०.०१ प्रतिशतले घट्दै ८०.७५ डलर कायम भएको छ ।

सरकारी सहायतका बाबजुत चीनको आर्थिक तथ्यांक निरन्तर रुपमा कमजोर आईरहेको छ । जसका कारण लगानीकर्ता निराश बनेका छन् । चीनका अधिकांश तेल प्रशोधन कम्पनीहरुले कमजोर मागका कारण तेलको मागमा कटौती गरिरहेका छन् ।

विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्र अप्रिल–जुनमा ४.७ प्रतिशतले वृद्धि भएको थियो । जुन सन् २०२३ को पहिलो त्रैमासपछिकै सुस्त वृद्धि हो ।

Published Date: 17 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड