पप सम्राट विष्ट अरुण थापा स्मृति सम्मान २०८१ बाट सम्मानित हुने

पप सम्राट विष्ट अरुण थापा स्मृति सम्मान २०८१ बाट सम्मानित हुने : Icon Khabar

भक्तपुर, असार ३१ । भक्तपुर सांगीतिक समाजले यहि साउन ५ गते आयोजना गर्न लागेको स्व गायक अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रममा नेपाली पप सम्राट भनेर जनमानसमा लोकप्रिय वरिष्ठ पप गायक ओम विक्रम विष्ट सम्मानित हुने भएको छ। पाँच दशकदेखि पप विधामा बिताएका विष्टले नेपालमा अनप्लग रेकर्डिङ पनि भित्र्याएका हुन् ।

गायक विष्टले नेपाली पप संगीतमा पुर्याएको अतुलनिय योगदानलाई कदर गर्दै समाजले उनलाई अरुण थापा स्मृति सम्मान २०८१ बाट सम्मान गर्न लागेको हो।

स्व गायक थापाको २५औं स्मृति दिवसलाई लिएर समाजले यसलाई अझ यादगार बनाउनका लागि सो कार्यक्रम आयोजना भक्तपुरको थिमिमा अवस्थित सिबर्ड कलेजमा गर्न लागेको हो।

उक्त कार्यक्रम भक्तपुरको थिमिमा अवस्थित सिबर्ड इन्टरनेश्नल कलेजसंगको सहाकार्यमा सोही कलेजको प्रांगणमा हुँदैछ। भक्तपुरको मध्यपुर नगरपालिका, चाँगुनारायण नगरपालिकाको सहायता रहने सो कार्यक्रमका लागि आधिकारिक अनलाइन मिडिया पार्टनर आइकन खबर डटकम, आधिकारिक टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, आधिकारिक रेडियो पार्टनर भक्तपुर एफएम र आधिकारिक फोटोग्राफी पार्टनर बालकृष्ण फोटोग्राफी र मेडिकल पार्टनर आयु स्पेशालिटि क्लिनिक रहने छन्।

कार्यक्रममा विभिन्न गायक गायिकाले गायक थापाका गीतहरु प्रस्तुत गर्दै उनलाई श्रदान्जली ब्यक्त गरिनेछ। उक्त स्मृति दिवस कार्यक्रममा गायक थापाका संगीत सारथीहरू, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थिति रहने समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले आइकन खबरलाई जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 July 2024
Website | + posts