मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, कार्तिक १८ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी भू-भागमा आज र भोलि दुई दिन वर्षा र हिमपातको सम्भावना छ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र त्यसको प्रभावले वर्षा र हिमपात हुने विभागले जनाएको छ।

विभागका अनुसार, यी दुई दिन गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। यी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौंबाट पूर्वतिर यसको प्रभाव सम्भावना औंल्याइएको छैन। बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’, अरब सागरमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावले गएको बिहीबार (कात्तिक १३)देखि शनिबारसम्म देशका धेरै स्थानमा वर्षा भएको थियो । त्यसयता मौसम पूर्णरूपमा सफा भइसकेको छैन।

Published Date: 04 November 2025


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु