सोमबार सुनको भाउ तोलामा रू दुई सयले बढ्यो

सोमबार सुनको भाउ तोलामा रू दुई सयले बढ्यो : Icon Khabar

काठमाडौँ, असार ३१। सुनको भाउ सोमबार तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ४६ हजार २ सय रूपियाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४६ हजार २०० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ७०० रूपियाँ कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४६ हजार रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १८ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 July 2024
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)