नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, विश्वासको मत पनि नदिने

नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, विश्वासको मत पनि नदिने : Icon Khabar

काठमाडौं, असार २६ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (बुधबार) सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता गंगाराम चौधरीले जानकारी दिए ।

समर्थन फिर्ता लिएको पत्र बिहीबार बुझाइने उनले बताएका छन् । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं । भोलि पत्र पनि बुझाउँछौं,’ उनले भने । यससँगै प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्तिका सांसदको विश्वासको मत पनि नपाउने भएका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बन्ने भएपछि नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएको हो । पार्टीका संरक्षक रेशम चौधरीले यसअघि नै राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने बताइसकेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने प्रतिवद्धता जनाएका थिए । बैठकमा तीन सांसदको मात्र उपस्थिति थियो । रञ्जिता श्रेष्ठ बैठकमा सहभागी थिइनन् ।

Published Date: 10 July 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै