नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, विश्वासको मत पनि नदिने

नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, विश्वासको मत पनि नदिने : Icon Khabar

काठमाडौं, असार २६ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (बुधबार) सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता गंगाराम चौधरीले जानकारी दिए ।

समर्थन फिर्ता लिएको पत्र बिहीबार बुझाइने उनले बताएका छन् । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं । भोलि पत्र पनि बुझाउँछौं,’ उनले भने । यससँगै प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्तिका सांसदको विश्वासको मत पनि नपाउने भएका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बन्ने भएपछि नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएको हो । पार्टीका संरक्षक रेशम चौधरीले यसअघि नै राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने बताइसकेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने प्रतिवद्धता जनाएका थिए । बैठकमा तीन सांसदको मात्र उपस्थिति थियो । रञ्जिता श्रेष्ठ बैठकमा सहभागी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 July 2024
Website | + posts




ताजा
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)