अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा : Icon Khabar

काठमाडौं, असार २६ । साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । न्यू जर्सीमा बुधवार बिहान भएको पहिलो सेमिफाइनलका क्यानडा माथि २-० को जित हात पार्दै अर्जेन्टिनाले उपाधि रक्षा यात्रा कायम राखेको हो ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लियोनेल मेस्सीले १-१ गोल गरे ।

जुलियन अल्भारेजले २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । रोड्रीगो डे पलको सुन्दर थ्रु-पासमा गोल गर्दै उनले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाले दोस्रो गोलका लागि ५१औं मिनेटसम्म कुर्नु पर्यो । एन्जो फर्नान्डेजको प्रहार गोललाइन नजिकबाट लियोनेल मेस्सीले पोस्टतर्फ नै प्रहार गर्दै प्रतियोगितामा आफ्नो पहिलो गोल गरेका थिए ।

अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वे बीचको दोस्रो सेमिफाइनलको विजेता विरुद्ध खेल्नेछ । दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 July 2024
Website | + posts




ताजा
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलन जारी, आज २३औं दिन
नोबेल पुरस्कार: मानव सभ्यताको उत्कृष्ट उपलब्धिको सम्मान
मुस्ताङमा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन
आफ्नो तस्वीर टाइम म्यागजिनको कभरमा आएपछि रिसाए ट्रम्प


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित