फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन युरो कप २०२४ को फाइनलमा

फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन युरो कप २०२४ को फाइनलमा : Icon Khabar

काठमाडौं, असार २६ ।  स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो ।

नवौं मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लियो । किलियन एमबाप्पेको सुन्दर क्रसमा रान्डाल कपको मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

२१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो । गोल गर्ने खेलाडी थिए १६ वर्षीय लामिन यमाल । बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो ।

२५औं मिनेटमा स्पेनले अग्रता लियो । जिसस नाभासको क्रस क्लियर भएपछि बक्स भित्र नै ड्यानी ओल्मोको खुट्टामा पुगेको थियो । उनले बललाई सुन्दर ढंगले बल नियन्त्रणमा लिएर गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

त्यस खेलमा कुनै गोल भएन र स्पेन फाइनलमा पुग्न सफल भएको छ ।

स्पेनले अब भोली हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा छ ।– एजेन्सी

Published Date: 10 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक