इसेवासहित खल्ती, आइएमइ पे तथा प्रभु पेद्वारा “केवाइसी जरुरी छ” साझा अभियान सुरु

इसेवासहित खल्ती, आइएमइ पे तथा प्रभु पेद्वारा “केवाइसी जरुरी छ” साझा अभियान सुरु : Icon Khabar

काठमाडौं, असार २४ । नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले देशका चार अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीहरू इसेवासहित खल्ती, आइएमइ पे तथा प्रभु पे ले “केवाइसी जरुरी छ” साझा अभियानको थालनी गरेका छन् ।

सम्पूर्ण नेपालीमाझ सरल डिजिटल भुक्तानी तथा सहज वित्तीय सेवाहरूको पहुँच पुर्‍याएर नेपाललाई डिजिटल रूपान्तरण गर्न यो अभियानले अत्यन्तै ठूलो भूमिका खेल्ने कम्पनीहरुकाे भनाई छ ।

नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार डिजिटल वालेट प्रयोगकर्ताहरूले डिजिटल कारोबार गर्नको लागि केवाइसी प्रमाणीकरण अनिवार्य रहेकोले जनमानसमा केवाइसीको महत्त्वबारे सचेतना फैल्याउन यो अत्यन्तै आवश्यक कदम हो ।

केवाइसी डिजिटल वालेट प्रयोगकर्ताहरूको पहिचान प्रमाणीकरण गर्ने एक अत्यावश्यक प्रक्रिया हो र कालो धन शुद्धिकरण, अनलाइन ठगी, क्रिप्टो माइनिंग तथा अनलाइन बेटिंग जस्ता आपराधिक क्रियाकलापमा डिजिटल वालेटको दुरुपयोग रोक्नको लागि अनिवार्य रहेको छ ।

आर्थिक वर्ष २०८१/२०८२ को सुरुवातदेखि सबै डिजिटल प्रयोगकर्ताहरूले आफ्नो केवाइसी प्रमाणीकरण अनिवार्य रुपमा गर्नु पर्ने नियम नेपाल राष्ट्र बैङ्कको रहेको छ । केवाइसी प्रमाणीकरण नभएका डिजिटल वालेटहरुको सञ्चालनको रोकिनुका साथै प्रयोगकर्ताहरूको वालेटमा भएको रकम फ्रिज हुनेछ र पश्चात मात्र डिजिटल खाता पूर्ण रुपमा सञ्चालनमा आउने व्यहोरा रहेको छ ।

यो साझेदारीको नेपालको पहिलो भुक्तानी सेवा कम्पनी इसेवा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का भन्छन्, “डिजिटल भुक्तानी सेवालाई सरल बनाएर इसेवा प्रयोगकर्ताहरूलाई थप सहजता प्रदान गर्न केवाइसी एकदम महत्वपूर्ण कदम हो । प्रयोगकर्ताहरूलाई डिजिटल ठगीबाट जोगाउँनका साथै गैरकानूनी गतिविधिहरूको लागि डिजिटल वालेटको दुरुपयोग गर्ने जस्ता कार्यहरू रोक्न केवाइसी प्रमाणीकरण अत्यन्तै महत्वपूर्ण रहेको छ।”

यस्तै, खल्ती भुक्तानी सेवाका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “सारा नेपालीको वित्तिय समावेशिताको लागि बिगत ७ बर्ष भन्दा बढी देखि काम गर्दै आएको यस खल्ती डिजिटल वालेटले नेपाल राष्ट्र बैङ्कको निर्देशिका बमोजिम कुनै पनि डिजिटल वालेटबाट भुक्तानी गर्न केवाइसी भेरिफिकेसन अनिवार्य भएको कारण सबै नेपालीको वित्तिय सहभागिताको लागि प्रमुख डिजिटल वालेटहरुको यो सहकार्य एक कोसे ढुँगा साबित हुन्छ भन्नेमा म विश्वस्त छु। साथै यो सहकार्यमा नेपाल राष्ट्र बैँक लगायत सम्पूर्ण नियामक निकायहरूबाट सहयोगको अपेक्षा समेत गरेको छु।”

सहज र सुरक्षित भुक्तानीको लागि केवाइसीको भूमिकाबारेमा आइएमइ पेका प्रमुख कार्यकारी अधिकृतले प्रवीन रेग्मी प्रष्ट पर्दै भने, “केवाइसी गर्नु भनेको पारदर्शी वित्तीय लेनदेन र भ्रष्टाचार विरुद्धको पहिलो कदम हो।”

सबै नेपालीलाई सहज वित्तीय सेवाहरूको पहुँच पुर्याउन यो अभियानले खेल्ने भूमिका बारे प्रभु पे का प्रमुख कार्यकारी अधिकृत बिक्की शाही भन्छन्, “क्यास-लेस कारोबार सहजीकरण गर्नका लागि केवाइसीको महत्वपूर्ण भूमिका रहनेछ र अनलाइन ठगी बाट ग्राहकहरूलाई बचाउन साथै जानेर वा अन्जानमा हुने अपराधिकरण कृयाकलाप रोक्न पनि केवाइसीको विशेष भूमिका रहनेछ ।”

Published Date: 08 July 2024
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ