आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, असार २५ । आज २०८१ असार २५ गते मंगलबार, तद्अनुसार ९ जुलाई २०२४ । आज असार शुक्ल तृतिया, सिद्धि गर अश्लेषा, सूर्योदय बिहानः ०५ः१५ बजे, सूर्यास्त साँझः १९ः०२ बजे ।

आजको राशिफल

मेष: जागिरमा कार्यभार बढ्ने छ । लेनदेनमा हतार नगर्नु होला । अचानक स्वास्थ्य बिग्रन सक्छ, लापरवाही नगर्नु होला ।

वृष: व्यापार–व्यवसायले लाभ दिने छ । कुनै ठूलो कार्य गर्ने मन बन्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

मिथुन: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । नयाँ काम गर्ने मन बन्ने छ । व्यापारबाट लाभ हुनेछ ।

कर्कट: व्यावसायिक यात्रा लाभदायक रहने छ । लगानी शुभ रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

सिंह: स्वयंको काममा ध्यान दिनु होला । विवादलाई नबढाउनु होला । कार्य कुशलतामा कमि आउने छ ।

कन्या: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । कुनै ठूलो कार्य गर्न मन लाग्ने छ । लगानी शुभ रहने छ ।

तुला: सुखका साधन जुट्ने छन् । लाभको अवसर हात पर्नेछ । नयाँ योजना बन्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृश्चिक: तन्त्र–मन्त्रमा रुचि जाग्ने छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ ।

धनु: व्यस्तता रहने छ । लाभका लागि प्रयास गर्नु होला । लेन–देनमा हतार नगर्नु होला ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । निवेश सोच–विचार गरेरमात्र गर्नु होला । साथीहरुको सहयोग पाइने छ ।

कुम्भ: ठूलो सम्झौताबाट ठूलो लाभ पाइने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । उत्साह कायम रहने छ ।

मीन: यात्रा मनोरञ्जक रहने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । लाभको अवसर हात पर्नेछ ।

Published Date: 09 July 2024




ताजा
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
राजस्थानको शानदार जित, हैदरावादलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश
देशभर हर्षोल्लासका साथ बकर इद मनाइँदै,लगातार चार दिन सार्वजनिक विदा
कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी




ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र