अब सिंहदरबार प्रवेश गर्न विद्युतीय पास लागू हुने

अब सिंहदरबार प्रवेश गर्न विद्युतीय पास लागू हुने : Icon Khabar

काठमाडौं, असार २१ । साउन १ गतेदेखि सिंहदरबार प्रवेशका लागि विद्युतीय पास लागू हुने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसािद भट्टराईका अनुसार सिंहदरबार प्रवेशलाई सहज बनाउन अनलाइनमार्फत विद्युतीय पासको व्यवस्था गरिने भएको हो ।

प्रवक्ता भट्टराईले भने , “जसले कम्प्युटर चलाएर अनलाइनबाट एप्लाई गरेर पास लिनसक्नुहुन्छ, उहाँहरु त्यो पास लिएर आउन सक्नुहुन्छ । नसक्नेहरुलाई अहिले पुरानै सिस्टम पनि यथावत छ ।”

उनका अनुसार गृह मन्त्रालयसँग सम्बन्धित वेबासाइट घरमै लगइन गर्ने, पासका लागि फारममा परिचय पत्र लगायतका आवश्यक विवरण भर्ने र स्वीकृत भएपछि त्यसको तस्विर वा स्क्रिनसट लिएर सिंहदरबार प्रवेश गर्न सकिनेछ । यसका लागि स्मार्ट युजरको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

उनले भने, “सिंहदरबार प्रवेश पासलाई सहज बनाउन यसो गरिएको छ । जसले कम्प्युटरमा एप्लाइ गरेर पास लिन सक्नुहुन्छ, उहाँलाई स्मार्ट युजर भनेका छौं । अरुलाई अर्डिनरी युजर भनेका छौं ।”

सुरक्षालाई थप व्यवस्थित गर्न यसो गरिएको हो भन्ने जिज्ञासामा उनले सुरक्षा व्यवस्थाका लागि प्रवेश पास सँगसँगै नियमित चेकजाँच यथावत् हुने जानकारी दिए।

उनले भने, “गृह मन्त्रालयको वेबसाइटमा जाने । लग इन गर्ने, पासका लागि रिक्वष्ट गर्ने । कसलाई भेट्ने हो ? कति बजे भेट्ने हो ? सबै कुरा फिल अप गर्ने । अनि यता सम्बन्धित मन्त्रालयको व्यक्तिले एप्रुभ गर्नुहुन्छ । भेट्न चाहने व्यक्ति व्यस्त हुुनुहुन्छ भने व्यस्त भनेर लेखिदिनुहुनेछ । अनि जुन दिन समय मिल्छ त्यही दिन पास बोकेर आएर भेट्न सकिनेछ ।”

Published Date: 08 July 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता