चलचित्र ‘वर एण्ड बधु’ भदौ १४ गतेबाट रिलिज हुने

चलचित्र ‘वर एण्ड बधु’ भदौ १४ गतेबाट रिलिज हुने : Icon Khabar

काठमाडौँ, असार २३ । चलचित्र ‘वर एण्ड बधु’को रिलिज मिति पक्का गरिएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्र भदौ १४ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ ।

चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । चलचित्रमा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ । यो चलचित्रमा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

एलआरके प्रोडक्शनको ब्यारनमा बनेको यो चलचित्रमा सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन छ ।

‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ । तीजको छेको पारेर यो चलचित्र रिलिज गर्न लागिएको हो ।

Published Date: 07 July 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी