नेपाल प्रिमियर लिग (एनपिएल) नोभेम्बर-डिसेम्बरमा हुने

नेपाल प्रिमियर लिग (एनपिएल) नोभेम्बर-डिसेम्बरमा हुने : Icon Khabar

काठमाडौं, असार २१ ।  नेपालको आफ्नै फ्रान्चाइज टि-ट्वान्टी प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो नोभेम्बर डिसेम्बरमा हुने भएको छ । बिहीबार र शुक्रबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समितिको बैठकले यसै वर्ष सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

पछिल्लो पटक नेपाल टि-२० नामले चलेको यस प्रतियोगितामा विभिन्न विवादमा मुछिएको थियो । क्यानले भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्स सँग ८ वर्षका लागि प्रतियोगिता गर्ने सम्झौता गरेको थियो ।

तर लगातार विवादमा परेका कारण क्यानले सो सम्झौता रद्द गर्दै आफै सो लिग आयोजना गर्ने निर्णय लिएको थियो । र अन्ततः सो लिग यसै वर्ष हुने भएको हो ।

क्यानले प्रतियोगितामा सहभागी टोलीहरूको लागि प्रक्रिया भने पछि सुरु गर्नेछ ।

यस्तै क्यानले सोही नेपाल टि-२० का बेला नताच फिक्सिङमा मुछिएका अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकीया सम्बन्धमा संघको अनुसन्धान समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी समेत दिएको छ ।

स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिल नेपाली टोली र घरेलु क्रिकेटबाट प्रतिबन्धमा थिए । आरोपछि पक्राउ परेका उनी र पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर महबुब आमल र नितेश गुप्तालाई ३ लाख धरौटी रिहा भएका थिए ।

Published Date: 05 July 2024


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली