नूनको मूल्य बढ्यो, आयोनून एक किलो प्याकेटको मूल्य २६ रुपैयाँ पुग्यो

नूनको मूल्य बढ्यो, आयोनून एक किलो प्याकेटको मूल्य २६ रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौं, असार १९ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ। कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको २२ रुपैयाँबाट बढेर २६ रुपैयाँ पुगेको छ। न्यू शक्ति नून एक किलोको १६ रुपैयाँ रहेकामा बढेर २० रुपैयाँ कायम भएको छ।

यस्तै भानू नून एक किलोको मूल्य ९ रुपैयाँ तोकिएको छ। साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको हो। साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ।

Published Date: 03 July 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग