नूनको मूल्य बढ्यो, आयोनून एक किलो प्याकेटको मूल्य २६ रुपैयाँ पुग्यो

नूनको मूल्य बढ्यो, आयोनून एक किलो प्याकेटको मूल्य २६ रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौं, असार १९ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ। कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको २२ रुपैयाँबाट बढेर २६ रुपैयाँ पुगेको छ। न्यू शक्ति नून एक किलोको १६ रुपैयाँ रहेकामा बढेर २० रुपैयाँ कायम भएको छ।

यस्तै भानू नून एक किलोको मूल्य ९ रुपैयाँ तोकिएको छ। साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको हो। साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 July 2024
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)