भारतको धार्मिक मेलामा भागदौड हुँदा ११६ जनाको मृत्यु

भारतको धार्मिक मेलामा भागदौड हुँदा ११६ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, असार १९ । भारतको उत्तरप्रदेशमा धार्मिक मेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिकाहरु छन् ।

यो घटना हाथरसको फुलरई गाउँमा मंगलबार भएको थियो । गाउँमा भोले बाबा भनिने साकार हरि बाबा नामका एक सन्तको सहभागितामा सत्संग आयोजना गरिएको थियो ।

उनी कार्यक्रमस्थलबाट फर्किने क्रममा उनलाई छुन चाहनेहरु दौडिन थाल्यो । त्यही क्रममा भागदौड मच्चियो र मानिसहरु किचिए ।

स्वास्थ्यकर्मीहरुका अनुसार शवहरु यति धेरै भए कि पोष्टमार्टम गर्नसमेत हम्मेहम्मे पर्‍यो । घटनास्थलको भिडियो हेर्दा अवस्था निकै हृदयविदारक र भयावह देखिन्छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गर्दै २४ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

Published Date: 03 July 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग