रोमानियालाई हराउँदै नेदरल्याण्डस युरोकपको क्वार्टर फाइनलमा

रोमानियालाई हराउँदै नेदरल्याण्डस युरोकपको क्वार्टर फाइनलमा : Icon Khabar

काठमाडौं, असार १९ । रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो ।

२०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए ।

दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे । रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ती गरेपछि गाक्पोको पासमा उनले गोल गरेका थिए ।

तेस्रो गोल मालेनले नै इन्ज्युरी समयको चौथो मिनेटमा गर्दै जित निश्चित गरे ।

नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि अस्ट्रिया र टर्की बीचको खेलको विजेता विरुद्ध खेल्नेछ । त्यो खेल आजै राति १२:४५ बजे सुरु हुँदैछ ।एजेन्सी 

Published Date: 03 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास