इङ्ल्याण्डलाई हराउँदै भारत टि-ट्वान्टी विश्वकपको फाइनलमा

इङ्ल्याण्डलाई हराउँदै भारत टि-ट्वान्टी विश्वकपको फाइनलमा : Icon Khabar

काठमाडौं, असार १४ । इङ्ल्यान्ड माथि फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

गयानामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ सय ३ रनमा समेटियो ।

इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौका सहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित बुम्राहद्वारा बोल्ड आउट भए ।

जोन्नी बेयरस्टो र मोइन अलीलाई पनि अक्षरले सस्तैमा पेभेलियनको बाटो देखाए । स्याम करन कुलदीप यादवको बलमा २ रन बनाएर आउट भए । त्यसपछि केही आशालाग्दो सुरुवात गरेका ह्यारी ब्रुक पनि १९ बलमा २५ रन बनाएर कुलदीपकै शिकार बने ।

क्रिस जोर्डन १, लियम लिभिङस्टोन ११ र आदील रशिद २ रन बनाएर पेभेलियन फर्किए । जोफ्रा आर्चरले अन्तिम तिर केही विष्फोटक ब्याटिङ गर्ने प्रयत्न गरेपनि बुम्राहको बलमा आउट भए। उनले १४ बलमा २१ रन बनाएका थिए ।

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए । जसप्रित बुम्राहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर तथा कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे । हार्दिक पन्ड्याले १३ बलमा २७ रन बनाए भए रविन्द्र जडेजा ९ बलमा १७ रनमा नटआउट रहे । अक्षर पटेल १० रनमा अविजित रहे ।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए । रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १ विकेट लिएका थिए ।

भारतले फाइनलमा दक्षिण अफ्रिकासँग आइतबार प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउदै फाइनलको यात्रा तय गरेको हो ।

दक्षिण अफ्रिकाको यो कुनै पनि क्रिकेट विश्वकपमा पहिलो फाइनल हो । सन् २००७ को पहिलो संस्करण जितेको भारतले तेस्रो पटक फाइनल खेल्नेछ ।– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 June 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता