आजदेखि नेपालमा मनसुन थप सक्रिय हुने, अधिकांश स्थानमा वर्षाको सम्भावना

आजदेखि नेपालमा मनसुन थप सक्रिय हुने, अधिकांश स्थानमा वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, असार १४ । नेपालमा मनसुन थप सक्रिय भएको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ । खोला किनारमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पर्सी आइतवारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुने भएकाले पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात नेपाल नजिक अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको विभागले जनाएको छ । आज (शुक्रबार) दिउँसो पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका केही ठाउँ, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा मधेस र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । गण्डकी र लुम्बिनीका एक–दुई ठाउँमा भने धेरै ठूलो वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले पर्सी आइतवारसम्म मेघगर्जन र चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 June 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता