आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, असार १४ । आज २०८१ असार १४ गते शुक्रबार , तद्अनुसार २८ जून २०२४ । सूर्योदय बिहानः ०५ः१० बजे, सूर्यास्त साँझ १९ः०३ बजे । असार कृष्ण सप्तमी, सौभाग्य विष्टि/भद्रा पूर्वभाद्र ।

आजको राशिफल

मेष: रचनात्मक कार्य सफल रहने छ । कार्यको प्रशंसा हुनेछ । प्रसन्नता तथा सन्तुष्टि रहने छ । यात्रा मनोरञ्जक हुनसक्छ ।

वृष: विवादलाई नबढाउनु होला । बिना कारण भनाभन हुनसक्छ । स्वास्थ्य कमजोर रहने छ । थकान तथा कमजोरी रहन सक्छ ।

मिथुन: साथीहरुलाई सहयोग गर्ने अवसर प्राप्त हुनसक्छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार–व्यवसाय मनोनुकूल चल्ने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

कर्कट: आत्मसम्मान कायम रहने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । पुराना साथीभाइसंग भेटघाट हुनेछ । व्यवसाय अनुकूल रहने छ । स्वास्थ्य कमजोर रहन सक्ने छ ।

सिंह: बेरोजगारी हटाउने प्रयास सफल हुनेछ । नवीन वस्त्राभूषण प्राप्ति हुनसक्छ । यात्रा लाभदायक रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

कन्या: स्वास्थ्य कमजोर रहने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । कुनै पनि महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला ।

तुला: यात्रा मनोनुकूल रहने छ । नयाँ काम पाइने छ । डूबेको रकम प्राप्त हुन सक्ने छ । आम्दानीमा वृद्धि हुनेछ ।

वृश्चिक: कार्यस्थलमा सुधार अथवा परिवर्तन हुनसक्छ । योजना फलीभूत हुनेछ । तत्काल लाभ हुने छैन । लगानीमा हतार नगर्नु होला ।

धनु: अध्यात्ममा रुची रहने छ । सत्सङको लाभ प्राप्त हुनेछ । वरपरको वातावरण सुखद रहने छ । विवेकको प्रयोग गर्नु होला ।

मकर: क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नु होला । चोट अथवा दुर्घटनाबाट हानि हुने आशंका छ । व्यापार–व्यवसायको गति सुस्त रहने छ ।

कुम्भ: अदालतको काममा सहजता आउने छ । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ ।

मीन: बेरोजगारी हट्ने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । भाग्यको साथ पाइने छ । चौतर्फी सफलता प्राप्त हुनेछ । उत्साह कायम रहने छ ।

Published Date: 28 June 2024
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी