आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, असार १४ । आज २०८१ असार १४ गते शुक्रबार , तद्अनुसार २८ जून २०२४ । सूर्योदय बिहानः ०५ः१० बजे, सूर्यास्त साँझ १९ः०३ बजे । असार कृष्ण सप्तमी, सौभाग्य विष्टि/भद्रा पूर्वभाद्र ।

आजको राशिफल

मेष: रचनात्मक कार्य सफल रहने छ । कार्यको प्रशंसा हुनेछ । प्रसन्नता तथा सन्तुष्टि रहने छ । यात्रा मनोरञ्जक हुनसक्छ ।

वृष: विवादलाई नबढाउनु होला । बिना कारण भनाभन हुनसक्छ । स्वास्थ्य कमजोर रहने छ । थकान तथा कमजोरी रहन सक्छ ।

मिथुन: साथीहरुलाई सहयोग गर्ने अवसर प्राप्त हुनसक्छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार–व्यवसाय मनोनुकूल चल्ने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

कर्कट: आत्मसम्मान कायम रहने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । पुराना साथीभाइसंग भेटघाट हुनेछ । व्यवसाय अनुकूल रहने छ । स्वास्थ्य कमजोर रहन सक्ने छ ।

सिंह: बेरोजगारी हटाउने प्रयास सफल हुनेछ । नवीन वस्त्राभूषण प्राप्ति हुनसक्छ । यात्रा लाभदायक रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

कन्या: स्वास्थ्य कमजोर रहने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । कुनै पनि महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला ।

तुला: यात्रा मनोनुकूल रहने छ । नयाँ काम पाइने छ । डूबेको रकम प्राप्त हुन सक्ने छ । आम्दानीमा वृद्धि हुनेछ ।

वृश्चिक: कार्यस्थलमा सुधार अथवा परिवर्तन हुनसक्छ । योजना फलीभूत हुनेछ । तत्काल लाभ हुने छैन । लगानीमा हतार नगर्नु होला ।

धनु: अध्यात्ममा रुची रहने छ । सत्सङको लाभ प्राप्त हुनेछ । वरपरको वातावरण सुखद रहने छ । विवेकको प्रयोग गर्नु होला ।

मकर: क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नु होला । चोट अथवा दुर्घटनाबाट हानि हुने आशंका छ । व्यापार–व्यवसायको गति सुस्त रहने छ ।

कुम्भ: अदालतको काममा सहजता आउने छ । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ ।

मीन: बेरोजगारी हट्ने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । भाग्यको साथ पाइने छ । चौतर्फी सफलता प्राप्त हुनेछ । उत्साह कायम रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 28 June 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता