फोनपेले गर्यो रु. २५ करोड भन्दा बढी को युपिआई कारोबार

नेपालमा युपिआईको प्रयोग बढ्दै

फोनपेले गर्यो रु. २५ करोड भन्दा बढी को युपिआई कारोबार : Icon Khabar

काठमाडौँ, असार ११ । फोनपेले, भारतीय यात्रुहरूद्वारा नेपालभरि युपिआई (यूनिफाइड पेमेन्ट्स इन्टरफेस) को प्रयोगमा ठूलो बृद्धि भएको घोषणा गरेको छ।

२०२४ फेब्रुअरी २८ मा सुरु भएदेखि, युपिआईको प्रयोगबाट २५ करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार भएको छ र ७७ वटै जिल्लामा १ लाख भन्दा बढी कारोबार भएका छन्। यो वृद्धि त्यही समयमा भएको हो जब धेरै भारतीय पर्यटकहरू नेपाल भ्रमणको योजना बनाईरहेका छन्।

यस वर्ष, उच्च संख्यामा भारतीय पर्यटकहरू नेपाल आउने अपेक्षा गरिएको छ। धेरै भारतीय यात्रुहरूले नेपाललाई सुन्दर दृश्य, समृद्ध सांस्कृतिक सम्पदा, र बढ्दो साहसिक पर्यटनको लागि रोज्ने गरेका छन्। युपिआई भुक्तानीले मुद्रा साट्ने वा नगद बोक्ने आवश्यकता हटाएको छ, त्यसैले यात्रा सहज पनि भएको छ।

फोनपे नेटवर्कमार्फत युपिआई भुक्तानीको सजिलो, सुरक्षा, र तत्काल सेवाले भारतीय पर्यटकहरूको कारोबारमा वृद्धि ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ, जसले नेपाल भ्रमणलाई अझ सुविधाजनक र रमाइलो बनाएको छ। यो सहज भुक्तानी समाधानले नेपाललाई भारतीय यात्रुहरूका लागि बिगतको भन्दा अझै बढी रुचाइएको गन्तव्य बनाएको छ।

बलियो बैंक तथा वित्तीय संस्था (बीएफआई) नेटवर्क सहित फोनपेले, नेपालमा युपिआई भुक्तानीको सुविधा दिने क्षेत्रमा अग्रस्थान लिएको छ। अहिले, नेपालको ८०% क्युआर कोड प्रणालीले फोनपे मार्फत युपिआई भुक्तानी लिन सक्छ। फोनपेले सञ्चालन गरेको क्युआर र भुक्तानी प्रणालीले नेपालका सबै ७७ जिल्लामा युपिआई भुक्तानी स्वीकार गर्न सक्षम बनाएको छ।

फोनपेले सञ्चालन गरेको विस्तृत नेटवर्क, जसमा बैंक र पेमेन्ट सेवा प्रदायकहरू (पीएसपी) समावेश छन्, सबैको साझा प्रयासमा देशभरि युपिआई भुक्तानी सजिलै उपलब्ध भएको छ, जसले गर्दा यो प्रबिधि छिटो लोकप्रिय हुन सफल भएको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले भने, "नेपालमा युपिआई भुक्तानीलाई ग्राहकहरुले यसरी छिट्टै अपनाउदा यसले सहज र सुरक्षित डिजिटल भुक्तानीको बढ्दो माग भएको देखिएको छ। हामी यस डिजिटल परिवर्तनमा प्रमुख भूमिका खेल्न र नेपाली नागरिकहरू र भारतीय यात्रुहरुलाई सहज भुक्तानी विकल्प दिन पाउँदा धेरै खुशी छौं “

आगामी दिनहरूमा, फोनपेले नेपाली नागरिकहरूले भारतमा पनि युपिआई भुक्तानी गर्न सकून् भनेर प्राविधिक र सञ्चालन तयारी पूरा गरिसकेको छ। यसका लागि फोनेपे , नेपाल राष्ट्र बैंकको अनुमतिको प्रतीक्षामा छ ।

Published Date: 25 June 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड