बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर अछाममा एक विद्यार्थीको मृत्यु, एक घाइते

बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर अछाममा एक विद्यार्थीको मृत्यु, एक घाइते : Icon Khabar

अछाम, असार ११ । अछामको तुर्माखाँद गाउँपालिका–६ को कामेश्वरी माध्याविक विद्यालयका एक विद्यार्थीको करेन्ट लागेर ज्यान गएको छ । आज (मंगरबार) विद्यालय छुट्टी भए लगत्तै घर हिँडेका कक्षा ९ मा अध्ययनरत १५ वर्षीय बालक विमल विकको बाटोमा लत्रिएको विजुलीको तारबाट करेन्ट लाग्दा ज्यान गएको हो ।

स्थानीय लक्ष्मण शाहका अनुसार करेन्ट लागेर विमलसँगै रहेका १४ वर्षका झंकर विक भने घाइते भएका छन् । उनीहरू दुवै जना तुर्माखाँद–६ रानीवनका हुन् । स्थानीय कामेश्वरी मावि कक्षा ९ मा अध्ययनरत उनीहरूलाई असार १७ गतेदेखि हुने त्रैमासिक परिक्षाको सामग्री लिन जाने क्रममा बाटोमा लत्रिएको बिजुलीको तारका कारण करेन्ट लागेको थियो ।

घाइते बालकलाई उपचारका लागि सदरमुकाम मंगलसेन लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । मृतकका आफन्तले विद्युत् कार्यालयको लापरबाहीका कारण घटना घटेको भन्दै बालकको शव नबुझ्ने बताएका छन् ।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीका अनुसार स्थानीयले पनि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र अव्यवस्थित ढंगले बाटोमा तार छाड्ने विद्युत् कार्यालयका कर्मचारीलाई कारबाही नगरेसम्म बालकको शव नबुझ्ने बताएका छन् ।
यसबारे प्रमुख जिल्ला अधिकारी र विद्युत् कार्यालयका प्रमुखसहित सम्बन्धित सरोकारवालाहरूबीच छलफल गर्ने तयारी भइरहेको पनि गाउँपालिका अध्यक्ष बिसीले बताए । अहिले मृतकको शव सदरमुकाम मंगलसेन लगिएको छ भने मृतकका आफन्त र स्थानीय जनप्रतिनिधिहरू पनि सदरमुकाम मंगलसेन हिँडेका छन् ।

Published Date: 25 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक