बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर अछाममा एक विद्यार्थीको मृत्यु, एक घाइते

बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर अछाममा एक विद्यार्थीको मृत्यु, एक घाइते : Icon Khabar

अछाम, असार ११ । अछामको तुर्माखाँद गाउँपालिका–६ को कामेश्वरी माध्याविक विद्यालयका एक विद्यार्थीको करेन्ट लागेर ज्यान गएको छ । आज (मंगरबार) विद्यालय छुट्टी भए लगत्तै घर हिँडेका कक्षा ९ मा अध्ययनरत १५ वर्षीय बालक विमल विकको बाटोमा लत्रिएको विजुलीको तारबाट करेन्ट लाग्दा ज्यान गएको हो ।

स्थानीय लक्ष्मण शाहका अनुसार करेन्ट लागेर विमलसँगै रहेका १४ वर्षका झंकर विक भने घाइते भएका छन् । उनीहरू दुवै जना तुर्माखाँद–६ रानीवनका हुन् । स्थानीय कामेश्वरी मावि कक्षा ९ मा अध्ययनरत उनीहरूलाई असार १७ गतेदेखि हुने त्रैमासिक परिक्षाको सामग्री लिन जाने क्रममा बाटोमा लत्रिएको बिजुलीको तारका कारण करेन्ट लागेको थियो ।

घाइते बालकलाई उपचारका लागि सदरमुकाम मंगलसेन लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । मृतकका आफन्तले विद्युत् कार्यालयको लापरबाहीका कारण घटना घटेको भन्दै बालकको शव नबुझ्ने बताएका छन् ।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीका अनुसार स्थानीयले पनि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र अव्यवस्थित ढंगले बाटोमा तार छाड्ने विद्युत् कार्यालयका कर्मचारीलाई कारबाही नगरेसम्म बालकको शव नबुझ्ने बताएका छन् ।
यसबारे प्रमुख जिल्ला अधिकारी र विद्युत् कार्यालयका प्रमुखसहित सम्बन्धित सरोकारवालाहरूबीच छलफल गर्ने तयारी भइरहेको पनि गाउँपालिका अध्यक्ष बिसीले बताए । अहिले मृतकको शव सदरमुकाम मंगलसेन लगिएको छ भने मृतकका आफन्त र स्थानीय जनप्रतिनिधिहरू पनि सदरमुकाम मंगलसेन हिँडेका छन् ।

Published Date: 25 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास