मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार ११ । मंगलबार नेप्से परिसूचक ५.६० अंक बढेर २०७१.७७ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा ३१९ स्टकको ६० हजार ८५८ पटकको कारोबारमा ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको ९४ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज आरएसडिसी लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको आज १४ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम साढे ९ करोड नाघेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 June 2024
Website | + posts