मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार ११ । मंगलबार नेप्से परिसूचक ५.६० अंक बढेर २०७१.७७ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा ३१९ स्टकको ६० हजार ८५८ पटकको कारोबारमा ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको ९४ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज आरएसडिसी लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको आज १४ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम साढे ९ करोड नाघेको छ।

Published Date: 25 June 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड