मेलम्ची नदीमा बाढी आई पानी धमिलिएकोले काठमाडौँ उपत्यकामा पानी नआउने

मेलम्ची नदीमा बाढी आई पानी धमिलिएकोले काठमाडौँ उपत्यकामा पानी नआउने : Icon Khabar

काठमाडौँ, असार १० । काठमाडाैं उपत्यकावासीले अब केहि समय मेलम्चीकाे पानी पिउन नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको हाे ।

मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिएकाे भन्दै आयोजना बन्द गर्न लागिएको हो ।अब वर्षा कम भएपछि आयोजना पुनः सञ्चालन हुनेछ । मनसुन सकिएपछि मात्रै काठमाडाैं उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउनेछन् ।

मेलम्ची नदीमा बाढीसँगै पानी धमिलिन थालेको बताउँदै आयोजनाको संरचनालाई सुरक्षित गर्न साेमबारदेखि बन्द गर्न लागिएको हाे । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन आयोजना सञ्चालनमा राखेकाे तर नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्ने निर्णय गरेकाे बताए ।

गत शुक्रबार समितिले मेलम्ची बन्द गर्ने तयारी गरेको थियो तर नदीमा पानीको बहाव नबढेकाे भन्दै आयोजना सञ्चालन गरिएको हाे। निर्देशक रत्न लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली विकास बैङ्क (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन् । पटकपटक मेलम्ची बन्द गर्ने तयारी गरे पनि हालसम्म बन्द नगरिएको र पानी धमिलिन थालेपछि आजदेखि बन्द गर्न लागेकाे उनले जानकारी दिए । उनका अनुसार समितिले मनसुन अवधिमा विपत्तिको जोखिम कम भए मात्रै मेलम्चीको पानी पठाउन पुनः सुरु गर्ने तयारी गरेको छ ।

गत जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने बताइएकाे थियाे । तर ठूलो वर्षा नहुँदा पानीकाे आपूर्ति बन्द गरिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 24 June 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न