मेलम्ची नदीमा बाढी आई पानी धमिलिएकोले काठमाडौँ उपत्यकामा पानी नआउने

मेलम्ची नदीमा बाढी आई पानी धमिलिएकोले काठमाडौँ उपत्यकामा पानी नआउने : Icon Khabar

काठमाडौँ, असार १० । काठमाडाैं उपत्यकावासीले अब केहि समय मेलम्चीकाे पानी पिउन नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको हाे ।

मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिएकाे भन्दै आयोजना बन्द गर्न लागिएको हो ।अब वर्षा कम भएपछि आयोजना पुनः सञ्चालन हुनेछ । मनसुन सकिएपछि मात्रै काठमाडाैं उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउनेछन् ।

मेलम्ची नदीमा बाढीसँगै पानी धमिलिन थालेको बताउँदै आयोजनाको संरचनालाई सुरक्षित गर्न साेमबारदेखि बन्द गर्न लागिएको हाे । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन आयोजना सञ्चालनमा राखेकाे तर नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्ने निर्णय गरेकाे बताए ।

गत शुक्रबार समितिले मेलम्ची बन्द गर्ने तयारी गरेको थियो तर नदीमा पानीको बहाव नबढेकाे भन्दै आयोजना सञ्चालन गरिएको हाे। निर्देशक रत्न लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली विकास बैङ्क (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन् । पटकपटक मेलम्ची बन्द गर्ने तयारी गरे पनि हालसम्म बन्द नगरिएको र पानी धमिलिन थालेपछि आजदेखि बन्द गर्न लागेकाे उनले जानकारी दिए । उनका अनुसार समितिले मनसुन अवधिमा विपत्तिको जोखिम कम भए मात्रै मेलम्चीको पानी पठाउन पुनः सुरु गर्ने तयारी गरेको छ ।

गत जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने बताइएकाे थियाे । तर ठूलो वर्षा नहुँदा पानीकाे आपूर्ति बन्द गरिएको थिएन ।

Published Date: 24 June 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड