सोमबार नेप्से परिसूचक ३.२१ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ३.२१ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार १० । सोमबार नेप्से परिसूचक ३.२१ अंक बढेर २०६६.१६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ६६ हजार ५१९ पटकको कारोबारमा ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो माइक्रोफाइनान्सको २४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको कारोबार रकम १६ करोड नाघेको छ।

Published Date: 24 June 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड