सोमबार नेप्से परिसूचक ३.२१ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ३.२१ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार १० । सोमबार नेप्से परिसूचक ३.२१ अंक बढेर २०६६.१६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ६६ हजार ५१९ पटकको कारोबारमा ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो माइक्रोफाइनान्सको २४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको कारोबार रकम १६ करोड नाघेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 June 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न