फिल्म ‘एक्टर’ द्वारा अभिनेता खड्कालाई ‘भ्यानेटी भ्यान’ प्रदान

फिल्म ‘एक्टर’ द्वारा अभिनेता खड्कालाई ‘भ्यानेटी भ्यान’ प्रदान : Icon Khabar

काठमाडौं, असार ९ । फिल्म ‘एक्टर’ को हाल धमाधम छायांकन भइरहेको छ । फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्रीद्वय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् । दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन् ।

पोखरामा १० दिन छायांकन सक्काएर टिमले काठमाडौंको सेड्युलमा विगत केही सातादेखि ब्यस्त छ। थमन कुमार भण्डारीको लगानीमा निर्माण भइरहेको यो फिल्मको टिमले अभिनेता प्रदीपलाई छायांकन सेटमा ‘भ्यानेटी भ्यान’ उपलब्ध गराएको छ ।

विशेषत भ्यानेटी भ्यान फिल्मको छायांकनका लागि महत्वपूर्ण मानिन्छ । सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालयलगायतका सुविधाका लागि यो भेन प्रयोग गरिन्छ । बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत भ्यानेटी भ्यान प्रयोग गर्दै आएका छन् । तर, नेपालमा भने भ्यानेटी भ्यानको प्रचलन खासै छैन ।

जानकारहरुका अनुसार बालाजु ल्याबमा यस्तै भेनको प्रयोग दुई वर्ष गरिएको थियो । तर, यसपटक भने फिल्मका निर्माता थमन कुमार भण्डारीले अभिनेता खड्काका लागि ‘भ्यानेटी रुम’ उपलब्ध गराएका हुन् । फिल्मको लागि टेक भएको अवस्थामा बाहेक प्रदीपले यही भ्यानमा तयारी गरिरहेका छन् । ‘भ्यानेटी रुम’लाई नेपालमा नै तयार पारिएको हो ।

यो फिल्म आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउने फिल्ममा अभिनेता राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका छ । गत जेठ दोस्रो साता फिल्मको छायांकनका लागि उनी अमेरिकाबाट काठमाडौं आइपुगेका थिए । करिब ९ वर्षपछि पर्दामा देखिन लागेको उनी फिल्मको छायांकन सकाएर केही दिन अघि अमेरिका फर्किसकेका छन् ।

अदृत फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । फिल्मका निर्देशकराजन भुसाल हुन् । एक्टरमा नरेन्द्र मैनालीले छायांकन रहेको छ ।

Published Date: 23 June 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी