आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार ४ । आज २०८१ असार ४ गते मंगलबार, तद्अनुसार १८ जुन २०२४ । आज जेठ शुक्ल एकादशी, शिव विष्टि/भद्रा स्वाति, वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन) ।

आजको राशिफल

मेष: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । व्यावसायिक यात्रा सफल रहने छ । लगानीबाट सुखद परिणाम आउने छ । भाग्यले साथ दिने छ ।

वृष: अप्रत्याशित खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला ।

मिथुन: थकान तथा कमजोरी रहन सक्छ । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

कर्कट: नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार आउने छ । व्यवसायमा वृद्धि हुनेछ ।

सिंह: पूजा–पाठमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।

कन्या: बोलीमा हल्का शब्दहरु प्रयोग गर्नबाट बच्नु होला । धन लाभको अवसर प्राप्त हुनेछ । ऐश्वर्यका साधनमा खर्च हुनेछ ।

तुला: शत्रु परास्त हुनेछन् । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । सुखका साधन जुट्ने छन् । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

वृश्चिक: लेन–देनमा हतार नगर्नु होला । कुनै ठूलो लाभ हुनसक्छ । भाग्य निकै अनुकूल छ, लाभ लिनु होला । प्रसन्नता रहने छ ।

धनु: कुनै गल्तिको बेफाइदा भोग्नु पर्नेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ ।

मकर: कुनै ठूलो समस्याको समाधान निस्कने छ । लेन–देनमा विशेष सावधानी अपनाउनु होला । कार्यमा विलम्व हुनेछ ।

कुम्भ: प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । पराक्रम बढ़्ने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

मीन: शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । साथीहरुसंग समय मनोरञ्जक रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 June 2024
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित