शुभम् पावरको आइपीओ खुला, कसरी दिने आवेदन ?

शुभम् पावरको आइपीओ खुला, कसरी दिने आवेदन ? : Icon Khabar

काठमाडौँ, माघ १८ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता एक सयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर (आइपीओ) निष्कासन बिक्री खुला गरेको हो ।

आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरी बिक्री नभएका एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कुल पाँच लाख ८० हजार पाँच सय ८० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो ।

जसमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र २९ हजार ३० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिनुका साथै ११ हजार छ सय १० कित्ता शेयर कर्मचारीलाई छुट्याइ थियो ।

बाँकी रहेका चार लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरिएकोे सार्वजनिक आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले यही माघ २२ सम्म १० कित्ता देखि पाँच हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने केयर रेटिङ्गस् नेपालले ‘केयरएन्पी बीबी प्लस आइएस्’ प्रमाणपत्र प्रदान गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमा मेरो शेयर प्रयोग गरेर शेयर खदिरको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोलामा पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट २०६८ साउन १ देखि नौ सय ९० किलोवाट क्षमताको जलविद्युत् उत्पादन गरिरहेको छ ।

Published Date: 01 February 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय