शुभम् पावरको आइपीओ खुला, कसरी दिने आवेदन ?

शुभम् पावरको आइपीओ खुला, कसरी दिने आवेदन ? : Icon Khabar

काठमाडौँ, माघ १८ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता एक सयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर (आइपीओ) निष्कासन बिक्री खुला गरेको हो ।

आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरी बिक्री नभएका एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कुल पाँच लाख ८० हजार पाँच सय ८० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो ।

जसमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र २९ हजार ३० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिनुका साथै ११ हजार छ सय १० कित्ता शेयर कर्मचारीलाई छुट्याइ थियो ।

बाँकी रहेका चार लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरिएकोे सार्वजनिक आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले यही माघ २२ सम्म १० कित्ता देखि पाँच हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने केयर रेटिङ्गस् नेपालले ‘केयरएन्पी बीबी प्लस आइएस्’ प्रमाणपत्र प्रदान गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमा मेरो शेयर प्रयोग गरेर शेयर खदिरको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोलामा पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट २०६८ साउन १ देखि नौ सय ९० किलोवाट क्षमताको जलविद्युत् उत्पादन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 February 2023
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?