क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय

क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय : Icon Khabar

काठमाडौं, माघ १८ । पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले विभिन्न १३ निर्णय पारित गरेको छ । अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा बुधबार बसेको क्यानको बोर्ड बैठकले १३ निर्णय गरेको हो ।

क्यानको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा देखि नेपाल टी-ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन, खेलाडीको सेन्ट्रल कन्ट्याक लगायतका विषयमा निर्णय गरेको छ ।

नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सन कुमार झालाई नियुक्त गरेको देखि अनुशासन उल्लङ्घनको कारबाहीमा परी निलम्बित राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ।

त्यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी बमोजिम स्पट फिक्सिङ कार्यमा संलग्न खेलाडी र व्यक्तिहरूको आरोप पुष्टि पश्चात् आइसिसी र क्यानको कोड अफ कन्डक्ट बमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ । यो संगै संघको वार्षिक साधारण सभा आगामी फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने लगायत का विभिन्न निर्णय गरेको क्यानद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ।

 

Published Date: 01 February 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न