शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घट्यो

शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, जेठ ३२ । जेठ महिनाको अन्तिम दिन अर्थात् आज शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४१ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १८ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १८ सय १० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 14 June 2024




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक