काठमाडौं, माघ १८ । नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०२३’ जारी गरेको छ। राष्ट्र बैंकले डिजिटल भुक्तानीका लागि दैनिक कारोबार सीमालाई खुकुलो पारेको हो ।
नयाँ निर्देशनले मोबाइल बैंकिङ र क्युआरमार्फत हुने कारोबारको सीमा बढाउने काम गर्दछ । भुक्तानी प्रणालीमा एकीकृत निर्देशन-२०२३ बमोजिम ग्राहकले अब मोबाइल बैंकिङमार्फत क्युआर कोड सहित दैनिक रु तीन लाख ट्रान्सफर गर्न सक्नेछन्। यसअघि मोबाइल बैंकिङमार्फत दैनिक कारोबारको सीमा रु दुई लाख थियो।
त्यसैगरी, बैंक खाताबाट मोबाइलमा कारोबार गर्ने सीमा बैंक खातामा वालेट वा मोबाइल वालेट पनि बढाइएको छ। अब वालेटबाट अन्य बैंक खाता वा बैंक खाताबाट वालेटसम्मको सीमा दैनिक दुई लाख रुपैयाँ पुगेको छ । यसअघि दैनिक कारोबार सीमा १ लाख रुपैयाँ थियो तर वालेटबाट वालेट ट्रान्सफरको सीमा यसअघिको १ लाखबाट घटाएर दैनिक ५० हजार रुपैयाँ कायम गरिएको छ ।
Published Date: 01 February 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1