सिंहदरबारभित्र भाडाका सवारी साधन प्रवेश गर्न पाउने

सिंहदरबारभित्र भाडाका सवारी साधन प्रवेश गर्न पाउने : Icon Khabar

काठमाडौँ, माघ १८ । सरकारले देशको प्रमुख प्रशासनिक परिसर सिंहदरबारभित्र भाडाका सवारी साधन प्रवेश गर्ने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा भित्र्याउने व्यवस्था गरिएको जानकारी दिए ।

यसअघि देशको केन्द्रीय प्रशासनिक भवनभित्र सरकारी, निजी, कूटनीतिक र पर्यटकीय सवारी साधनलाई प्रवेश अनुमति दिइएको थियो । सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सिंहदरबारमा भाडामा लिइएका सवारीसाधन प्रवेशमा रोक लगाएको थियो ।

सिंहदरबारमा अपाङ्गता भएका व्यक्तिको प्रवेशमा सहजताका लागि गृह मन्त्रालयसँगको समन्वयमा यस्तो व्यवस्था गरिएको हो । राज्यले उपलब्ध गराएको परिचयपत्रका आधारमा विपन्न व्यक्ति बोकेका सवारी साधनलाई सुरक्षाकर्मीले प्रवेशमा सहजीकरण गर्ने जानकारी मन्त्री अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 February 2023
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु