सिंहदरबारभित्र भाडाका सवारी साधन प्रवेश गर्न पाउने

सिंहदरबारभित्र भाडाका सवारी साधन प्रवेश गर्न पाउने : Icon Khabar

काठमाडौँ, माघ १८ । सरकारले देशको प्रमुख प्रशासनिक परिसर सिंहदरबारभित्र भाडाका सवारी साधन प्रवेश गर्ने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा भित्र्याउने व्यवस्था गरिएको जानकारी दिए ।

यसअघि देशको केन्द्रीय प्रशासनिक भवनभित्र सरकारी, निजी, कूटनीतिक र पर्यटकीय सवारी साधनलाई प्रवेश अनुमति दिइएको थियो । सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सिंहदरबारमा भाडामा लिइएका सवारीसाधन प्रवेशमा रोक लगाएको थियो ।

सिंहदरबारमा अपाङ्गता भएका व्यक्तिको प्रवेशमा सहजताका लागि गृह मन्त्रालयसँगको समन्वयमा यस्तो व्यवस्था गरिएको हो । राज्यले उपलब्ध गराएको परिचयपत्रका आधारमा विपन्न व्यक्ति बोकेका सवारी साधनलाई सुरक्षाकर्मीले प्रवेशमा सहजीकरण गर्ने जानकारी मन्त्री अर्यालले बताए ।

Published Date: 01 February 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न