अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर-८ मा

अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर-८ मा : Icon Khabar

काठमाडौँ, जेठ ३१ । आईसीसी टी– २० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा भारतले अमेरिकालाई ७ विकेटले हराएको छ । सुरुवाती ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । १११ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

अमेरिकाका लागि स्टिभन टेलरले २४ रन बनाएका थिए । त्यस्तै एरन जोनसनले ११ रन जोड्दा नितिश कुमारले २७ रन जोडे । त्यस्तै कोरी एन्डरशनले १५, हरमित सिंहले १० तथा साडली भानले १० रन जोडे । भारतका लागि अर्सदीप सिंहले ४ विकेट लिँदा हार्दिक पाण्ड्याले २ तथा अक्षर पटेलले १ विकेट लिए ।

भारतका लागि सूर्यकुमार यादवले नटआउट ५० रन बनाउँदा शिवम दुवेले नटआउट ३१ रन जोडे । रोहित शर्माले ३ रन जोड्दा विराट कोहली शून्य रनमा आउट भए । रिशव पन्तले १८ रन जोडे । अमेरिकाका लागि सौरभ नेत्रबल्करले २ विकेट लिए भने अलि खानले १ विकेट लिए । यो जितसँगै भारत सुपर ८ का लागि क्वालिफाइ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 June 2024
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता