अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर-८ मा

अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर-८ मा : Icon Khabar

काठमाडौँ, जेठ ३१ । आईसीसी टी– २० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा भारतले अमेरिकालाई ७ विकेटले हराएको छ । सुरुवाती ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । १११ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

अमेरिकाका लागि स्टिभन टेलरले २४ रन बनाएका थिए । त्यस्तै एरन जोनसनले ११ रन जोड्दा नितिश कुमारले २७ रन जोडे । त्यस्तै कोरी एन्डरशनले १५, हरमित सिंहले १० तथा साडली भानले १० रन जोडे । भारतका लागि अर्सदीप सिंहले ४ विकेट लिँदा हार्दिक पाण्ड्याले २ तथा अक्षर पटेलले १ विकेट लिए ।

भारतका लागि सूर्यकुमार यादवले नटआउट ५० रन बनाउँदा शिवम दुवेले नटआउट ३१ रन जोडे । रोहित शर्माले ३ रन जोड्दा विराट कोहली शून्य रनमा आउट भए । रिशव पन्तले १८ रन जोडे । अमेरिकाका लागि सौरभ नेत्रबल्करले २ विकेट लिए भने अलि खानले १ विकेट लिए । यो जितसँगै भारत सुपर ८ का लागि क्वालिफाइ भएको छ ।

Published Date: 13 June 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर