फ्लोरिडामा अत्याधिक वर्षा : नेपाली टिम वेष्ट इण्डिज जान पाएन, टोली पर्खिदै सन्दीप

फ्लोरिडामा अत्याधिक वर्षा : नेपाली टिम वेष्ट इण्डिज जान पाएन, टोली पर्खिदै सन्दीप : Icon Khabar

काठमाडौँ, जेठ ३१ ।  आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि सेन्ट भिन्सेन्ट जानुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको‌ फ्लोरिडाको खराब मौसमका कारण यही रोकिएको छ।

फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट जाने तालिका रहेपनि लगातारको वर्षाका कारण नेपाली‌ टोलीको‌ उडान रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) का सदस्य तथा टोलीका व्यवस्थापक प्रदीप मजगैयाँले जानकारी दिए । बिहीबार कति बेला उडान हुने अहिले केही जानकारी नभएको मजगैयाँले बताए।

लगातारको‌‌ वर्षाकै कारण नेपाल र श्रीलंकाबीच मंगलबार फ्लोरिडामा हुने खेल रद्द भएको थियो। सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिका बीच जुन १४ र नेपाल र बंगलादेशबीच जुन १६ मा खेल हुने तालिका छ।

आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले‌ पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। नेदरल्याण्ड्स र बंगलादेशको समान २ अंक तथा नेपाल र श्रीलंकाको‌ समान १ अंक‌ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 June 2024
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता