बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना

बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, जेठ ३१ । पूर्वी नेपालमा मनसुनी प्रणालीको प्रभाव रहँदा कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । जल तथ मौसम विज्ञान विभागका अनुुसार आज (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । विभागका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल पूर्वी नेपालमा मनसुनी प्रणालीको तथा बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु प्रभाव छ । यस्तै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

Published Date: 13 June 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न