भारतमा एनडीएलाई बहुमत, तेस्रो पटक मोदी सरकार

भारतमा एनडीएलाई बहुमत, तेस्रो पटक मोदी सरकार : Icon Khabar

नयाँदिल्ली, जेठ २३ । सन् २०१४ र २०१९ मा लोकसभामा एक्लै स्पष्ट बहुमत ल्याएको भाजपाले यो निर्वाचनमा बहुमत ल्याउन असफल भयो । भाजपा नेतृत्वको गठबन्धन ‘एनडिए’ ले भने सरकार निर्माणका लागि स्पष्ट बहुमत ल्याएको छ ।

यो नतिजासँगै भारतले गठबन्धन सरकार पाउने निश्चित भएको छ । यो निर्वाचनको नतिजा सन् १९९१ को लोकसभाकै जस्तो देखिन्छ । सन् १९९१ मा कंग्रेसले २३२ सिट जित्दा पिभी नरसिंह राव प्रधानमन्त्री बनेका थिए । उनी नेतृत्वको गठबन्धन सरकार पूरै पाँच वर्ष चलेको पनि थियो । यस पटक भाजपा २४० सिटवरपर सीमित हुँदा गठबन्धन उसको बाध्यता बनेको छ ।

लोकसभा निर्वाचनको ५४३ स्थानकै नतिजा आउँदा कसले कति जिते ?
भारतमा सम्पन्न लोकसभा निर्वाचनको सबै चुनाव क्षेत्रको परिणाम सार्वजनिक भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए गठबन्धन) ले २९५ सिट जितेको छ । त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले २३१ सिट जितेको छ । अरु पार्टीहरूले १७ सिट जितेका छन् ।

भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले अघिल्लो पटक ३५२ स्थान जितेको थियो । उसले अघिल्लो पटक एक्लै ३०३ सिट जितेको थियो। यसपटक उसले ६१ स्थान गुमाएको छ । कंग्रेस आईले सन् २०१९ को निर्वाचनको तुलनामा उल्लेख्य सुधार गरेको छ ।

कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले अघिल्लो पटक ९४ स्थानमात्र जितेको थियो । कंग्रेस आई एक्लैले ५२ स्थान जितेको थियो । अहिले ४६ सिट थपेको हो । कुल ५४३ सिटमध्ये सुरत सिटमा भाजपा उम्मेदवार मतगणनाअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । मुख्य निर्वाचन आयुक्त राजीव कुमारका अनुसार १९ अप्रिलदेखि सुरू भई विभिन्न मितिमा सात चरणमा भएको मतदानमा कुल ९६ करोड ८० लाख मतदातामध्ये ६४ करोड २ लाख मतदाताले मतदान गरेका थिए ।

यीमध्ये महिला मतदाताको संख्या ३१ करोड २ लाख छ । यसपालि ५८.५८ प्रतिशत मतदान भएको थियो । भारतमा गत शनिबार अन्तिम चरणको मतदान सम्पन्न भएको थियो । त्यसअघि १९ अप्रिलमा पहिलो चरण, अप्रिल २६ दोस्रो चरणको, मे ७ मा तेस्रो चरण, मे १३ मा चौथो चरण, मे २० मा पाचौं चरण, मे २५ मा छैटौं चरणको मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 June 2024
Website | + posts










ताजा
नेपालमा सामाजिक सञ्जाल टेलिग्राम एप बन्द
सौर्य एयरलाइन्सको जहाज दुर्घटना: कम्पनी, पाइलट र उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हालसम्मकै उच्च रेकर्ड
रास्वपाको उम्मेदवार हुन प्रहरी रिपोर्ट पेश गर्नुपर्ने










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला