आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ १८ । आज २०८१ जेठ १८ गते शुक्रबार, तद्अनुसार ३१ मे २०२४ । आज जेठ कृष्ण अष्टमी, विषकुम्भ कौलव शतभिषा, आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस, सूर्योदय बिहानः ०५ः०८ बजे, सूर्यास्त साँझः १८ः५४ बजे ।

आजको राशिफल

मेष: जागिरमा कार्यभार बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ । व्यापार–व्यवसाय लाभप्रद रहने छ ।

वृषभ: शेयर मार्केटमा हतार नगर्नु होला । व्यापार लाभदायक रहने छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

मिथुन: व्यापार–व्यवसायले मनोनुकूल लाभ दिनेछ । ऐश्वर्य तथा आरामदायक साधनमा खर्च हुनेछ । प्रसन्नता कायम रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कर्कट: आत्म–शान्ति रहने छ । यात्रा सम्भव है । सत्सङको लाभ पाइने छ ।

सिंह: साथीहरुसंग समय राम्ररी बित्ने छ । चोट अथवा दुर्घटनाबाट हानि हुनसक्छ, सावधान रहनु होला । कुनै पनि प्रकारको विवादमा नपर्नु होला ।

कन्या: पारिवारिक सदस्यहरुको सहयोग पाइने छ । प्रसन्नतामा वृद्धि हुनेछ । धन प्राप्ति सुगम हुनेछ ।

तुला: वरिष्ठ व्यक्तिको सहयोग पाइने छ । भाग्य अनुकूल छ । व्यापार–व्यवसायमा वृद्धि हुनेछ । धन प्राप्ति सुगम हुनेछ ।

वृश्चिक: मनपर्ने भोजनको आनन्द मिल्ने छ । पार्टी अथवा पिकनिक आयोजना हुनसक्छ । प्रसन्नता रहने छ । रचनात्मक कार्य सफल रहने छ ।

धनु: दौडधूपका कारण स्वास्थ्यमा प्रभाव पर्न सक्छ । व्यापार–व्यवसाय लाभदायक रहने छ । विवादलाई नबढाउनु होला ।

मकर: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लेन–देनमा सावधानी अपनाउनु होला । । लाभको अवसर हात पर्नेछ ।

कुम्भ: कुनै ठूलो काम गर्ने योजना बन्ने छ । आत्म–सम्मान कायम रहने छ । घर–परिवारमा कुनै मांगलिक कार्य आयोजना हुनसक्छ । उत्साहवर्धक सूचना पाइने छ ।

मीन: व्यवसायमा वृद्धि हुनेछ । धन प्राप्ति सुगम हुनेछ । परिवारसंग समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ । यात्रा मनोरञ्जक रहने छ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ ।

Published Date: 31 May 2024


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली