सुनको मूल्य प्रतितोला रु पाँच सयले घट्यो

सुनको मूल्य प्रतितोला रु पाँच सयले घट्यो : Icon Khabar

काठमाडौँ, माघ १७ । सुनचाँदी बजारमा आज सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ . अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख पाँच हजार आठ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख पाँच हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2023
Website | + posts