भारतीय ट्रकको निर्वाध नेपाल प्रवेशमा रोक लगाउनुपर्यो : ट्रक व्यवसायी लुम्बिनी

भारतीय ट्रकको निर्वाध नेपाल प्रवेशमा रोक लगाउनुपर्यो : ट्रक व्यवसायी लुम्बिनी : Icon Khabar

रुपन्देही, माघ १७ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लीला गिरिले मालवाहक सवारीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन्।सोमबार नेपाल ट्रक यातायात व्यावसायी महासंघ लुम्बिनी प्रदेशका व्यवसायीसँगको भेटमा मुख्यमन्त्री गिरिले यस्तो बताएका हुन्। भेटमा व्यवसायीले मुख्यमन्त्री गिरिलाई मालवाहक सवारी क्षेत्रले भोग्दै आएको समस्याबारे अवगत गराएका थिए।

व्यवसायीले भारतीय ट्रकको निर्वाध नेपाल प्रवेशमा रोक, ढुवानी रोड परमिट जाँचपास र बिलबुक नवीकरणका लागि वार्षिक एकै पटक गर्नुपर्ने, पटक–पटक गर्नुपर्ने झन्झटिलो प्रणाली अन्त्य गर्नुपर्ने माग मुख्यमन्त्रीसमक्ष राखेका थिए ।

मुख्यमन्त्री गिरिले मालवाहक ट्रक यातायात सरकारका लागि अपरिहार्य भएकाले व्यवसायी र उपभोक्तामुखी नीति निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले जानकारी दिए ।

भेटमा लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डे, महासंघका पूर्वअध्यक्ष अर्जुन रानाभाट, वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेल, उपाध्यक्षद्वय विष्णुप्रसाद न्यौपाने, केन्द्रीय सदस्य प्रताप कार्की सहभागी थिए।

यस्तै, राप्ती संयुक्त ट्रक व्यवसायी समिति अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव हरिप्रसाद कँडेल, उपाध्यक्ष गणेश घिमिरे, उपाध्यक्ष खगराज गौतम, महासंघका प्रदेश प्रेस सल्लाहकार सुमन अधिकारी, प्रदेश सचिव कमल केसीगायत उपस्थित थिए।

महासंघ प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशका सभामुख तुलबहादुर घर्ती र बिनाविभागीय मन्त्री चेतनारायण आचार्यलाई समेत भेटेको थियो।

Published Date: 31 January 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ