भारतीय ट्रकको निर्वाध नेपाल प्रवेशमा रोक लगाउनुपर्यो : ट्रक व्यवसायी लुम्बिनी

भारतीय ट्रकको निर्वाध नेपाल प्रवेशमा रोक लगाउनुपर्यो : ट्रक व्यवसायी लुम्बिनी : Icon Khabar

रुपन्देही, माघ १७ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लीला गिरिले मालवाहक सवारीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन्।सोमबार नेपाल ट्रक यातायात व्यावसायी महासंघ लुम्बिनी प्रदेशका व्यवसायीसँगको भेटमा मुख्यमन्त्री गिरिले यस्तो बताएका हुन्। भेटमा व्यवसायीले मुख्यमन्त्री गिरिलाई मालवाहक सवारी क्षेत्रले भोग्दै आएको समस्याबारे अवगत गराएका थिए।

व्यवसायीले भारतीय ट्रकको निर्वाध नेपाल प्रवेशमा रोक, ढुवानी रोड परमिट जाँचपास र बिलबुक नवीकरणका लागि वार्षिक एकै पटक गर्नुपर्ने, पटक–पटक गर्नुपर्ने झन्झटिलो प्रणाली अन्त्य गर्नुपर्ने माग मुख्यमन्त्रीसमक्ष राखेका थिए ।

मुख्यमन्त्री गिरिले मालवाहक ट्रक यातायात सरकारका लागि अपरिहार्य भएकाले व्यवसायी र उपभोक्तामुखी नीति निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले जानकारी दिए ।

भेटमा लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डे, महासंघका पूर्वअध्यक्ष अर्जुन रानाभाट, वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेल, उपाध्यक्षद्वय विष्णुप्रसाद न्यौपाने, केन्द्रीय सदस्य प्रताप कार्की सहभागी थिए।

यस्तै, राप्ती संयुक्त ट्रक व्यवसायी समिति अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव हरिप्रसाद कँडेल, उपाध्यक्ष गणेश घिमिरे, उपाध्यक्ष खगराज गौतम, महासंघका प्रदेश प्रेस सल्लाहकार सुमन अधिकारी, प्रदेश सचिव कमल केसीगायत उपस्थित थिए।

महासंघ प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशका सभामुख तुलबहादुर घर्ती र बिनाविभागीय मन्त्री चेतनारायण आचार्यलाई समेत भेटेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2023
Website | + posts






ताजा
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
पाकिस्तानमा पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न
आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने