हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्त गर्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्त गर्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति : Icon Khabar

काठमाडौं, माघ १७ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेड (एचबीएल) ले सिभिल बैंक लिमिटेड (सीबीएल) लाई प्राप्त गर्न अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार गत साता बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यी दुई वाणिज्य बैंकलाई प्राप्ति प्रक्रिया अघि बढाउन स्वीकृति दिएको हो । एचबीएल र सीबीएल अधिग्रहणको लागि १००:८०.२८ मा स्वैप अनुपात कायम गर्न सहमत भएका छन्।

यसको अर्थ सिभिल बैंकको १०० कित्ता प्राप्तिपछि हिमालयन बैंकको ८०.२८ सेयरमा परिणत हुनेछ । दुई साताअघि सिभिल बैंकको १२औँ वार्षिक साधारणसभाले दुई बैंकबीच यसअघि नै भएको १००:८०.२८ को स्वाप रेसियोलाई अनुमोदन गरेको थियो ।

एकीकृत संस्थाले आगामी फेब्रुअरी १३ गतेदेखि संयुक्त कारोबार सुरु गर्ने कार्यक्रम रहेको छ। यसको नाम हिमालयन बैंक लिमिटेड रहनेछ भने एचबीएलका वर्तमान सञ्चालक सदस्यहरूलाई नयाँ संस्थामा कायम गरिनेछ।

एकीकरणपछि संयुक्त संस्थाको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ हुनेछ । यसले देशभरका १८९ शाखाबाट सेवा प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता