इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा पुनः पराजुली

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा पुनः पराजुली : Icon Khabar

काठमाडौं, माघ १७ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)को अध्यक्षमा पुनः सुधीर पराजुली दोहोरिएको छ । सोमबार सम्पन्न आईस्पानको २२औँ साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति सर्वसम्मत चयन गरेको हो ।

आईस्पानमा पराजुलीको नयाँ कार्यसमितिको उपाध्यक्षमा मनोज अग्रवाल , महासचिवमा नवीनकुमार श्रेष्ठ , कोषाध्यक्षमा पुष्कर बडाल र सचिवमा सुरेन क्षेत्री सर्वसम्मत चयन भएका छन् । त्यस्तै कार्यकारी सदस्यहरूमा कमलप्रसाद बास्तोला, सुदिप आचार्य, मधु अमात्य र सुजन थापा सर्वसम्मत भए । संघको सल्लाहकारमा विनय बोहरा, विनयमोहन साउद र प्रमेश खरेल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुवास खड्कालाई निरन्तरता दिएको थियो ।

साधारणसभाले बृजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ रहने गरि पहिलो पटक फङ्सनल कमिटी पनि बनाएको छ, ।

आईस्पानको नयाँ कार्यसमितिले इन्टरनेट सेवा प्रदायहरूका समस्याहरूलाई एक–एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब र गुणस्तरीय सेवा दिँदै इन्टरनेट क्षेत्रको विकास गर्ने लगायतका लक्ष्य लिएको आईस्पानका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2023
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?