इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा पुनः पराजुली

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा पुनः पराजुली : Icon Khabar

काठमाडौं, माघ १७ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)को अध्यक्षमा पुनः सुधीर पराजुली दोहोरिएको छ । सोमबार सम्पन्न आईस्पानको २२औँ साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति सर्वसम्मत चयन गरेको हो ।

आईस्पानमा पराजुलीको नयाँ कार्यसमितिको उपाध्यक्षमा मनोज अग्रवाल , महासचिवमा नवीनकुमार श्रेष्ठ , कोषाध्यक्षमा पुष्कर बडाल र सचिवमा सुरेन क्षेत्री सर्वसम्मत चयन भएका छन् । त्यस्तै कार्यकारी सदस्यहरूमा कमलप्रसाद बास्तोला, सुदिप आचार्य, मधु अमात्य र सुजन थापा सर्वसम्मत भए । संघको सल्लाहकारमा विनय बोहरा, विनयमोहन साउद र प्रमेश खरेल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुवास खड्कालाई निरन्तरता दिएको थियो ।

साधारणसभाले बृजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ रहने गरि पहिलो पटक फङ्सनल कमिटी पनि बनाएको छ, ।

आईस्पानको नयाँ कार्यसमितिले इन्टरनेट सेवा प्रदायहरूका समस्याहरूलाई एक–एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब र गुणस्तरीय सेवा दिँदै इन्टरनेट क्षेत्रको विकास गर्ने लगायतका लक्ष्य लिएको आईस्पानका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले बताए ।

Published Date: 31 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न