हृदयचन्द्र नाटक मेला आयोजना हुने

हृदयचन्द्र नाटक मेला आयोजना हुने : Icon Khabar

काठमाण्डौ, माघ १६ । नाट्यकर्मी समाज र आस्था साँस्कृतिक परिवारको संयुक्त आयोजनामा फाल्गुन ८ गते देखि हुन गइरहेको “हृदयचन्द्र नाटक मेला” को प्रचारार्थ आज एक कार्यक्रम बीच कार्यशाला सम्पन्न भएको छ ।

नाट्यकर्मी समाजका अध्यक्ष लक्ष्मी प्रसाद चवालको सभापतिमा सम्पन्न भएको उक्त कार्यशालामा अतिथि लेखक/निर्देशक राजेन्द्र श्रेष्ठले नाटक सम्बन्धि अझ एउटै ब्यक्तित्वलाई लक्षित गरि हुने लागेको नाटक मेलाले नयाँ कलाकार जन्माउने बताए । नयाँ कलाकार बिध्यार्थीलाई प्रशिक्षण दिदैँ नाटक अभ्यासले मात्र राम्रो हुने बताए ।

कार्यक्रममा अर्का अतिथि नीरज लवजुले हृदय चन्द्र सिंह प्रधानको ब्यक्तित्व र कृतित्व बारे चर्चा गर्दै हृदयचन्द्र सिंहका एकांकीहरुबारे प्रकाश पारेका थिए । नेपाली एकांकीलाई सैदान्तिक आधार दिने लेखक, हृदयचन्द्र जनताको लेखक भएकोले पनि यो मेलाको महत्वपुर्ण छ । सरल लेखनी,जनतासंग भिजेको, दैनिक जनजीवनसंग हामीले भेटेका पात्रहरु हुनु नै हृदयचन्द्रको बिशेषता भएको लवजुले बताए ।

कार्यक्रममा नाटकको बारेमा बताउनुहुँदै सभापति लक्ष्मीप्रसाद चवालले मेला सफल बनाउन आवश्यक सल्लाह तथा सहयोग गर्न अनुरोध गरेका थिए । उक्त कार्यक्रममा आस्था साँस्कृतिक परिवारका सदस्य उज्ज्वल सुवालले सबैलाइ स्वागत गरेका थिए ।

Published Date: 30 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न