हृदयचन्द्र नाटक मेला आयोजना हुने

हृदयचन्द्र नाटक मेला आयोजना हुने : Icon Khabar

काठमाण्डौ, माघ १६ । नाट्यकर्मी समाज र आस्था साँस्कृतिक परिवारको संयुक्त आयोजनामा फाल्गुन ८ गते देखि हुन गइरहेको “हृदयचन्द्र नाटक मेला” को प्रचारार्थ आज एक कार्यक्रम बीच कार्यशाला सम्पन्न भएको छ ।

नाट्यकर्मी समाजका अध्यक्ष लक्ष्मी प्रसाद चवालको सभापतिमा सम्पन्न भएको उक्त कार्यशालामा अतिथि लेखक/निर्देशक राजेन्द्र श्रेष्ठले नाटक सम्बन्धि अझ एउटै ब्यक्तित्वलाई लक्षित गरि हुने लागेको नाटक मेलाले नयाँ कलाकार जन्माउने बताए । नयाँ कलाकार बिध्यार्थीलाई प्रशिक्षण दिदैँ नाटक अभ्यासले मात्र राम्रो हुने बताए ।

कार्यक्रममा अर्का अतिथि नीरज लवजुले हृदय चन्द्र सिंह प्रधानको ब्यक्तित्व र कृतित्व बारे चर्चा गर्दै हृदयचन्द्र सिंहका एकांकीहरुबारे प्रकाश पारेका थिए । नेपाली एकांकीलाई सैदान्तिक आधार दिने लेखक, हृदयचन्द्र जनताको लेखक भएकोले पनि यो मेलाको महत्वपुर्ण छ । सरल लेखनी,जनतासंग भिजेको, दैनिक जनजीवनसंग हामीले भेटेका पात्रहरु हुनु नै हृदयचन्द्रको बिशेषता भएको लवजुले बताए ।

कार्यक्रममा नाटकको बारेमा बताउनुहुँदै सभापति लक्ष्मीप्रसाद चवालले मेला सफल बनाउन आवश्यक सल्लाह तथा सहयोग गर्न अनुरोध गरेका थिए । उक्त कार्यक्रममा आस्था साँस्कृतिक परिवारका सदस्य उज्ज्वल सुवालले सबैलाइ स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2023
Website | + posts