आजदेखि भारतसँग सिमाना जोडिएका पर्सा नाका बन्द

आजदेखि भारतसँग सिमाना जोडिएका पर्सा नाका बन्द : Icon Khabar

वीरगञ्ज (पर्सा), जेठ १० । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए। जेठ १२ गते अपराह्न ६ बजेसम्मका लागि नेपाल– भारत सीमानाका बन्द हुने उनले जानकारी दिए ।

“दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो”, उनले भने । पर्साको १ सय ७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 May 2024
Website | + posts


ताजा
विराटनगरको भाटभटेनीमा पनि भेटियो शव
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो