भिभो वाई सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक

भिभो वाई सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक : Icon Khabar

काठमाडौँ, माघ १६ । चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोको नयाँ स्मार्टफोन सार्वजनिक भएको छ । कम्पनीले वाई सिरिज अन्तर्गत नयाँ मोडल ‘वाई ०२’ सार्वजनिक गरेको हो ।

युवा पुस्तालाई लक्षित गर्दै कम्पनीले सस्तो मूल्यमा नयाँ प्रविधि र विशेषता सहितको यो फोन नेपाली प्रयोगकर्तामाझ उपलब्ध गराएको हो ।
५००० एमएएच क्षमताको ब्याट्री युक्त फोनमा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको छ । आकर्षक डिजाइनयुक्त वाई ०२ मा ६.५१ इन्चको एजडी प्लस डिस्प्ले रहेको छ ।

फोनमा आखाँको सुरक्षाका लागि ‘आई प्रोटेक्शन मोड’ पनि रहेको छ । ‘‘युवा उपभोक्ताहरूलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको छ,’’ भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माईकलले भने, ‘वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ । यसको विशाल ५००० एमएएच ब्याट्री, २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज क्षमताले व्यस्त विजनशैलीमा समेत सहयोग पुर्‍याउने छ ।’’

वाई ०२ मा ८ मेगापिक्सेलको मुख्य क्यामेरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यसमा फेस ब्यूटी र टाइम–ल्याप्स जस्ता सुविधाहरू रहेका छन् । कस्मिक ग्रे र अर्किड ब्लू गरी दुई फरक कलर भेरियन्टमा उपलब्ध यो फोनको मूल्य १२ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

Published Date: 30 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय