सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ : Icon Khabar

काठमाडौं, माघ १६ । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलासँग चिनजान भई म्यासेञ्जरमा कुराकानी गरी प्रेम सम्बन्ध स्थापित गर्ने, शारीरिक सम्बन्ध राखी उक्त सम्बन्धको अश्लिल फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर पीडितलाई अनावश्यक दु:ख, हैरानी दिने, समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेईज्जत हुने कार्य गरेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

Published Date: 30 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय