सेयर बजारमा निरन्तर गिरावट, नेप्से ४१.१६ अंकले घट्यो

सेयर बजारमा निरन्तर गिरावट, नेप्से ४१.१६ अंकले घट्यो : Icon Khabar

काठमाडौं, माघ १६ । सेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ । सोमबार नेप्सेमा १.९० प्रतिशतको गिरावट भएको हो।

सोमबार बजार परिसूचक नेप्से ४१.१६ अंकको गिरावट हुँदा २१२७.३७ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा बजार परिसूचकमा करिब २ प्रतिशतको गिरावट भएको हो ।

नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने करिब साढे ३ अर्ब पुगेको छ । सोमबार ८८ लाख ३६ हजार ४८८ कित्ता धितोपत्र किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजारको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा २०४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ९ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2023
Website | + posts




ताजा
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
भारतमा खोकीको औषधि ‘कफ सिरप’मा गम्भीर समस्या
बिहिबारको सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक