सेयर बजारमा निरन्तर गिरावट, नेप्से ४१.१६ अंकले घट्यो

सेयर बजारमा निरन्तर गिरावट, नेप्से ४१.१६ अंकले घट्यो : Icon Khabar

काठमाडौं, माघ १६ । सेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ । सोमबार नेप्सेमा १.९० प्रतिशतको गिरावट भएको हो।

सोमबार बजार परिसूचक नेप्से ४१.१६ अंकको गिरावट हुँदा २१२७.३७ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा बजार परिसूचकमा करिब २ प्रतिशतको गिरावट भएको हो ।

नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने करिब साढे ३ अर्ब पुगेको छ । सोमबार ८८ लाख ३६ हजार ४८८ कित्ता धितोपत्र किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजारको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा २०४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ९ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ ।

Published Date: 30 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय